बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन थालियो

मंगलबार, भदौ १६ २०८३
गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन थालियो

टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ।

काठमाडौं- कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु गरेको छ।

कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिरहा र रौतहट, बागमतीमा काभ्रेपलाञ्चोक र धादिङ, गण्डकीमा गोरखा र तनहुँ, लुम्बिनीमा नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोलीले अध्ययन सुरु गरेको हो।

टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। प्राविधिकले गहुँ उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादन लागतको विश्लेषण गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रस्ताव पठाउने जनाएको छ।

सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद हुने जनाइएको छ।

गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार ९४० तोकेको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend