काठमाडौं- यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिने भएको छ।
नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार डा. पन्तको एघारौँ वार्षिक पुण्य स्मृति दिवश पारेर भदौ २१ गते आइतबार सम्पादक ज्ञवालीलाई प्रदान गर्न लागिएको हो।
विगत २० वर्षभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका ज्ञवालीलाई उनको योगदानको कदरस्वरुप एक लाख रूपैयाँसहित सम्मान गर्न लागिएको हो।
जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो। यस फाउन्डेसनले ०७४ सालदेखि प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।