बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तापेथोक-लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा, आवतजावतसँगै ढुवानीमा सहज

मंगलबार, भदौ १६ २०८३
तापेथोक-लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा, आवतजावतसँगै ढुवानीमा सहज

पुल ७ करोड ८५ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

ताप्लेजुङ- ताप्लेजुङ-लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ। तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका-६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन्।

स्थानीय विक्रम लिम्बूका अनुसार पुल नहुँदा वडा नम्बर ५ मा पर्ने ताप्मावा हुँदै घण्टौँ समय लगाएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। बेलिब्रिज सञ्चालनमा आएपछि स्थानीयको आवतजावतसँगै ढुवानीमा सहज भएको छ।

कूल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना प्रवर्द्धक तमोर इनर्जी प्रालिले उक्त बेलिब्रिज निर्माण गरेको हो। तापेथोक बगर र लेलेपतर्फको बगर जोड्ने बेलिब्रिजको लम्बाइ ५४.८ मिटर रहेको छ।

जलविद्युत् आयोजना संयोजक सम्झना क्षेत्रीका अनुसार पुल ७ करोड ८५ लाख १९ हजार १७६ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। 

यसअघि पनि तमोर इनर्जी प्रालिले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई जोड्ने सिस्ने खोलामाथि मोटरेबल बेलिब्रिज निर्माण गरेको थियो। रासस


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend