काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेपछि आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।
दुवै संस्थाबीचको प्राप्ति प्रक्रिया सम्पन्न भएसँगै भदौ २१ गते आइतबारदेखि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने भएको हो।
स्वरोजगार लघुवित्तको सञ्चालक समितिको निर्णयअनुसार विन नेपाल लघुवित्तलाई प्राप्ति गरी एउटै संस्थाका रूपमा कारोबार सञ्चालन गर्न लागिएको हो।
प्राप्ति प्रक्रिया सम्पन्न भएपछि साबिक विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्नेछ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को नियम ११ को उप-विनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि एकीकृत कारोबारसम्बन्धी सूचना सार्वजनिक गरेको हो।
एकीकृत कारोबार सुरु भएसँगै साबिकका दुवै लघुवित्त संस्थाका ग्राहकहरूले अब स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सम्पूर्ण बैंकिङ तथा वित्तीय सेवा प्राप्त गर्नेछन्।