बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग

मंगलबार, भदौ १६ २०८३
भोटेकोशी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग

गोल्यान ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो।

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड रूपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्यान र निर्देशक शशीकान्त अग्रवालले सोमबार ‍प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।

यही भदौ १० गते भोटेकोशी नदी बेसिनमा गएको बाढीले रसुवा, नुवाकोट, चितवन, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ। प्राकृतिक विपत्तिको समयमा नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ।

गोल्यान ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो। कम्पनीले सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend