बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

सोमबार, भदौ १५ २०८३
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप तथा महिन्द्राका तर्फबाट ११ भदौमै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

काठमाडौं- हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अग्नि ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले अग्नि ग्रुप तथा महिन्द्राका तर्फबाट ११ भदौमै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

रसुवालगायत बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला अग्नि ग्रुपले पनि कोषमा १ करोड रुपैयाँ सहयोग गरेको हो।

बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको अग्नि ग्रुपले जनाएको छ।

विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रले समेत सहकार्य गर्नुपर्ने आवश्यकता देखिएका बेला अग्नि ग्रुपको यो सहयोगले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, भदौ १५ २०८३१६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend