बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशीको अर्को सम्भावित जोखिमबाट बच्ने प्रयास, नदीको निगरानी बढाउन नेपाल-चीन सीमा क्षेत्रमा सीसी क्यामेरा जडान

सोमबार, भदौ १५ २०८३
भोटेकोशीको अर्को सम्भावित जोखिमबाट बच्ने प्रयास, नदीको निगरानी बढाउन नेपाल-चीन सीमा क्षेत्रमा सीसी क्यामेरा जडान

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो।

काठमाडौं- नेपाल-चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।

भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामेरा जडान गर्न लागिएको हो। रासस


प्रकाशित : सोमबार, भदौ १५ २०८३१५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend