बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

विदुर-चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

सोमबार, भदौ १५ २०८३
विदुर-चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
फाइल तस्बिर

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो।

काठमाडौं- बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट-विदुर-चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुवात गरेको छ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताए। विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ। रासस


प्रकाशित : सोमबार, भदौ १५ २०८३१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend