बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला कार्गो विमानमार्फत उक्त राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

काठमाडौं- चीन सरकारले नेपालका लागि उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आइतबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला कार्गो विमानमार्फत उक्त राहत सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमानहरू करिब तीन घण्टाको उडानपछि काठमाडौं अवतरण गरेका थिए।

राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र सङ्घीय संसदका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो।

सो अवसरमा राजदूत माओमिङले राहत सामग्री औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरे।

राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणहरू समेत नेपाल आइपुगेका छन्। प्राप्त सामग्रीहरूमा पाल, कम्बल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी कुल १३ हजार २ सय थान सामग्रीहरू रहेका छन्। यी सम्पूर्ण राहत सामग्रीहरूको कुल वजन ५० टन रहेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend