बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरको सडक पूर्णरूपमा क्षतिग्रस्त, प्राविधिक अध्ययन गरिँदै

आइतबार, भदौ १४ २०८३
कृष्णभीरको सडक पूर्णरूपमा क्षतिग्रस्त, प्राविधिक अध्ययन गरिँदै

अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ।

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा सडक पूर्णरूपमा भासिएको छ।

पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध भएसँगै यात्रा फेरि अवरुद्ध भएको छ। काठमाडौंको लाइफलाइन सडक फेरि अवरुद्ध बनेको हो।

लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त क्षेत्रमा सडकको ठूलो हिस्सा भासिएर ध्वस्त भएको हो। सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ।

विभागको प्राविधिक टोलीले भौगोलिक अवस्था र सडक भासिनुको कारणबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ।

अध्ययनबाट प्राप्त हुने निष्कर्षका आधारमा सडकको पुनःनिर्माण तथा मर्मत कार्यलाई अगाडि बढाइने विभागले उल्लेख गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिए।

बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। काठमाडौंको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पकंज मल्लले पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएका बताए।

लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend