बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल नियुक्त

अर्थशास्त्र, सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव संगालेका डा. अर्यालले यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन्।

काठमाडौं- हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति बैठकले पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बैंकको नयाँ अध्यक्षमा नियुक्त गरेको छ। 

अर्थशास्त्र, सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव संगालेका डा. अर्यालले यसअघि पनि हिमालयन बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन्। 

तत्कालीन अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएपछि बैंकमा अध्यक्षको पद रिक्त रहँदै आएको थियो। अर्यालको आगमनले बैंकको वित्तीय तथा प्रशासनिक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend