बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावितका लागि एनआईसी एसिया बैंकको २ करोड २१ लाख रुपैयाँ सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
बाढी प्रभावितका लागि एनआईसी एसिया बैंकको २ करोड २१ लाख रुपैयाँ सहयोग

उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको २१ लाख गरेर२ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ।

काठमाडौं- एनआईसी एसिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार र राहत कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।

एनआईसी एसिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको २१ लाख गरेर२ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृतसुजित कुमार शाक्यले संयुक्त रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे।

भोटेकोशी नदीमा आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो।

आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंक परिवार दुःख व्यक्त गरेको छ।

हालसम्म सम्पर्कमा नआएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। 


प्रकाशित : आइतबार, भदौ १४ २०८३११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend