बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग

प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुऱ्याउने यस मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ।

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिड, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको छ।

विपद्‌को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुऱ्याउने यस मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend