बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ।

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवा बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाकाअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले सो रकम सहयोग गर्ने निर्णय भएको हो।

नगद सहयोगका अतिरिक्त पार्टीले प्रभावित जिल्लाहरूमा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ।

विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै प्रवक्ता ज्वालाले उक्त निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 


प्रकाशित : आइतबार, भदौ १४ २०८३१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend