बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

त्रिशुली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीरमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, भदौ १४ २०८३
त्रिशुली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीरमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध
कृष्णभीरमा सडक भासिएको स्थान।

भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशुली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भइ भासिएपछि यातायात ठप्प भएको हो।

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा सडक भासिएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार केही समयअघि सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। 

पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध भएसँगै यात्रा फेरि अवरुद्ध भएको छ। काठमाडौंको लाइफलाइन सडक फेरि अवरुद्ध बनेको हो।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिए।

krishnabhir sadak.jpg
कृष्णभीरमा सडक भासिएको स्थान।

बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। काठमाडौंको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पकंज मल्लले पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएका बताए।

लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend