बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीको जोखिम घटेपछि काठमाडौं-मुग्लिन सडकमा रोकिएका सवारी चल्न थाले

आइतबार, भदौ १४ २०८३
बाढीको जोखिम घटेपछि काठमाडौं-मुग्लिन सडकमा रोकिएका सवारी चल्न थाले

मुग्लिन सडकखण्डमा बाढीको सूचनापछि रोकिएका सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

काठमाडौं- मुग्लिन सडकखण्डमा बाढीको सूचनापछि रोकिएका सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन र काठमाडौं जाने–आउने सबै सवारी साधन रोकिएका थिए।

पछि बाढीको ठूलो जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सवारी साधनलाई पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘अहिले सबै किसिमका रोकिएका सवारी साधनहरूको आवागमन पूर्णरूपमा सुचारु भएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गरिएको छ।’

प्रारम्भिक सूचनापछि काठमाडौं हुँदै बाहिरिने सवारी साधन नागढुंगा तथा चितवनतर्फ रोकिएका थिए।

सवारी आवागमन पुनः सुचारु भए पनि बाढी तथा पहिरोको जोखिम रहेका स्थानमा नबस्न र सम्बन्धित निकायले दिएको निर्देशन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend