काठमाडौं- झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर भोलि भाद्र १४ गते आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बिर्तामोड स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा दिने जानकारी दिएका छन्।
स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोर पुनः सञ्चालनमा सहयोग गर्ने ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि ग्राहकको साथ र विश्वास निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।

