बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रमा १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

शनिबार, भदौ १३ २०८३
बाढी प्रभावित क्षेत्रमा १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

प्रभावित जिल्लातर्फ यात्रा गर्नेहरूले यात्राअघि सडक र मौसमको अवस्था बुझ्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ।

काठमाडौं- भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १८४ विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार ४२० जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन् भने तीन जना सम्बन्धित निकायको सम्पर्कमा आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था बुझ्ने, खोज तथा उद्धार गर्ने र उद्धारपछिको व्यवस्थापन तथा समन्वयको काम जारी राखेका छन्।

बोर्डका अनुसार सिंगापुर र न्युजिल्यान्डका कूटनीतिक प्रतिनिधिले पनि आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिन बोर्डसँग समन्वय गरिरहेका छन्।

बोर्डले काठमाडौं-मुग्लिन सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको जनाएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही बाढी प्रभावित सडकबाहेक देशका अधिकांश सडक सञ्चालनमा रहेको पनि जनाएको छ।

प्रभावित जिल्लातर्फ यात्रा गर्नेहरूले यात्राअघि सडक र मौसमको अवस्था बुझ्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ।

उद्धार गरिएकामध्ये भारतका ११४, चीनका २७ र दक्षिण कोरियाका २० जना रहेको बोर्डले जनाएको छ। त्यस्तै जर्मनी र माल्टाका चार-चार, अमेरिकाका तीन, इटाली, रुस, स्पेन, स्विट्जरल्यान्ड र टर्कीका दुई-दुई तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक-एक जना छन्।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend