बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

शनिबार, भदौ १३ २०८३
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्मका लागि हो।

काठमाडौं- काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ। शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइएको छ। 

आजबाट २ वटा सवारीसाधन सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ। एक १९ सिटे छ भने र अर्कोमा १० जना यात्रु अटाउँछन्।

निःशुल्क सञ्चालन गरिएका सवारीसाधन चिन्नका लागि सवारीसाधनको अगाडि र पछाडि ब्यानर राखिएको छ। यसरी सञ्चालन गरिएको सेवामा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्मका लागि हो। कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद्‌पछि अलपत्र परेका काठमाडौं आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौंबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्तिलाई लक्षित गरी यो सेवा थालिएको महानगरले जनाएको छ।

यी सवारीसाधनले दिनमा २ पटक यात्रु ओसार्ने महानगरले जनाएको छ।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend