काठमाडौं- सुरूङ मार्गमा फसेकाहरूलाई उद्धारका लागि भारतको उद्धार टोली घटनास्थलको अवलोकनमा निस्किएको छ। भारतबाट आएको टोलीले अवस्थाको अवलोकन गरी थप योजना बनाउनेछ।
'त्रिशूली थ्री ए'को उद्धारका लागि यसअघि नै नेपाली सेना र प्रहरीको ८२ जनाको टोली परिचालन भएको छ।
त्यस्तै, चीनबाट दुई टोली उद्धारकै लागि आउने भएको छ। सुरुङको उद्धार जटिल हुने भएकाले नेपालको अनुभव र प्रविधि पर्याप्त नहुने भन्दै भारत र चीनबाट आएका हुन्।
उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।