बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : ६१६ शव फेला

शनिबार, भदौ १३ २०८३
भोटेकोशी बाढी : ६१६ शव फेला

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म ६१६ जनाको शव फेला परेको जनाएको छ।

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म ६१६ जनाको शव फेला परेको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए। 'यसपछिको तथ्यांक भने संकलन भइरहेको छ। खोजी तथा उद्धार कार्यलाई निरन्तररूपमा अगाडि बढाएका छौँ', उनले भने।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ १३ २०८३१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend