बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

२७ संस्था तथा व्यक्तिबाट एकैदिन राहत कोषमा ३८ करोड ५६ लाख सहयोग

शनिबार, भदौ १३ २०८३
२७ संस्था तथा व्यक्तिबाट एकैदिन राहत कोषमा ३८ करोड ५६ लाख सहयोग

रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।

काठमाडौं- रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार शुक्रबार प्राप्त सहयोगमध्ये सबैभन्दा ठूलो रकम सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ प्रदान गरेको छ।

त्यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन्।

उद्योगी विजयकुमार शाहले १ करोड, पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले १ करोड र राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ योगदान गरेका छन्।

यसैगरी, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वर्क्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरीले १ करोड, हिमालयन डिस्टिलरीले १ करोड, अल्फा अटोमोटिभले १ करोड र सोलु हाइड्रोपावरले १ करोड रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।

त्यस्तै, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

सीएएस ट्रेडिङ हाउसले १ लाख ११ हजार तथा सिल्भर लाइनिङ प्रालिले १ लाख ११ हजार रुपैयाँ योगदान गरेका छन्। अन्य तीन संस्थाबाट समेत २६ लाख ६२ हजार रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

यसरी शुक्रबार अर्थ मन्त्रालयमार्फत मात्रै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ जम्मा भएको हो। उक्त रकम रसुवा तथा बाढीबाट प्रभावित अन्य क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गरिनेछ।


प्रकाशित : शनिबार, भदौ १३ २०८३०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend