बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भारतबाट राहत सामग्रीसहित तेस्रो उडान काठमाडौं आइपुग्यो, ११ सदस्यीय मेडिकल र टनेल उद्धार टोली पनि आयो

शनिबार, भदौ १३ २०८३
भारतबाट राहत सामग्रीसहित तेस्रो उडान काठमाडौं आइपुग्यो, ११ सदस्यीय मेडिकल र टनेल उद्धार टोली पनि आयो

भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ।

काठमाडौं- भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ।

यसअघि भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको थियो। भारतले उक्त सहायता सामग्री नेपालमा बाढी प्रभावितको उद्धार तथा राहतका लागि परिचालन हुने जनाएको थियो।

india 2.jpg

भारतले पहिलो चरणमा पठाएको मानवीय सहायता तथा औषधिपछि थप राहत सामग्री र विशेषज्ञ टोलीसहितका उडान नेपाल पठाएको हो। पछिल्लो उडानसँगै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खोज तथा उद्धार, विशेषगरी सुरुङमा फसेकाको उद्धारका लागि भारतीय टोली परिचालन भएको छ।

जयशंकरले यसअघि पनि नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। भारतले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक मानवीय सहयोग जारी राख्ने जनाएको छ।

india 1.jpg


प्रकाशित : शनिबार, भदौ १३ २०८३०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend