बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग

शुक्रबार, भदौ १२ २०८३
प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग

जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी ५१ लाख एकसय पाँच रूपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

काठमाडौं- मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न नगरकार्यपालिकाको ५२औँ बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा अन्य कर्मचारीको दुईदेखि सात दिनसम्मको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी ५१ लाख एकसय पाँच रूपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको सकुसल उद्धार एवं घाइतेहरूको स्वास्थ्योपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend