बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : सेनाद्वारा ४० विदेशीसहित ७ सयभन्दा बढीको हेलिकप्टरमार्फत उद्धार

शुक्रबार, भदौ १२ २०८३
भोटेकोशी बाढी : सेनाद्वारा ४० विदेशीसहित ७ सयभन्दा बढीको हेलिकप्टरमार्फत उद्धार

तीनवटै सुरक्षा फौजले संयुक्तरूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।

काठमाडौं- रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७ सयभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले २९ भारतीय, चार जर्मन, चार चिनियाँ, एक ओमानी र दुई कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालित भएका छन्।

तीनवटै सुरक्षा फौजले संयुक्तरूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend