बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाद्धारा १ करोड ९ लाख रुपैयाँ सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १२ २०८३
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाद्धारा १ करोड ९ लाख रुपैयाँ सहयोग

अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा थप २५ लाख रुपैयाँबराबरको सहयोग गर्ने प्रतिबद्धता पनि उनले गरेकी छिन्।

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन्। यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्।

राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छिन्।

अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा थप २५ लाख रुपैयाँबराबरको सहयोग गर्ने प्रतिबद्धता पनि उनले गरेकी छिन्। 


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend