काठमाडौं- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्।
उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम ७७ हजार रूपैयाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी तथा विपद्को संकटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकी छिन्।
उनले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामर्थ्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गरेकी छिन्। रासस