काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ जना कर्मचारी सम्पर्कमा आएका छन्।
नेपाल विद्युत् प्राधिकरणले आज दिएको जानकारीअनुसार ६० मेगावाटको अप्पर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा हराएका ११ कर्मचारी सम्पर्कमा आएका हुन्।
प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्जोगकुमार केसी, मोहन ज्ञवाली, रवीन्द्र भट्ट, सुरेश चौधरी, विष्णु भण्डारी, खेमराज भट्टराई, सौगारथ यादव, जितेन्द्र गुप्ता, रोवन पराजुली, भीमसेन थापा र विक्रम माझी सम्पर्कमा आएका जानकारी दिए।
उनका अनुसार प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। रासस