बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण

शुक्रबार, भदौ १२ २०८३
एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

काठमाडौं- एक्स्ट्रिम इनर्जी ड्रिंक्सले भोटेकोशी बाढी प्रभावितका लागि घोषणा गरेको १ करोड रूपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एक्स्ट्रिम इनर्जीले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

विपद्को समयमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुन:स्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend