बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकी प्रदेश सरकारको ४ करोड सहयोग

शुक्रबार, भदौ १२ २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकी प्रदेश सरकारको ४ करोड सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको हो।

गण्डकी- भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले ४ करोड रूपैयाँ प्रदान गर्ने भएको छ।

आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

मुख्यमन्त्रीले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।

‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend