बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पले भने - बाढीको दृश्य निकै भयावह देखिन्थ्यो, नेपाललाई जुनसुकै सहयोग गर्न तयार छौँ

शुक्रबार, भदौ १२ २०८३
अमेरिकी राष्ट्रपति ट्रम्पले भने - बाढीको दृश्य निकै भयावह देखिन्थ्यो, नेपाललाई जुनसुकै सहयोग गर्न तयार छौँ

नेपाल र चीनको तिब्बत सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा अेमरिकी राष्ट्रपति ट्रम्पले घटनाबारे प्रतिक्रिया दिएका हुन्।

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा गएको बाढीमा आफ्ना केही नागरिकहरू हराएको बताउँदै बाढीको त्यस्तो दृश्य यसअघि कसैले नदेखेको भयानक रहेको प्रतिक्रिया दिएका छन्। 

पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै ट्रम्पले भनेका छन्, 'त्यो निकै भयावह थियो। त्यो केवल पानी मात्र थिएन, त्यहाँ माटो र पानी मिसिएको थियो। यस्तो दृश्य यसअघि कसैले देखेको छैन होला। बलिया र राम्रोसँग बनाइएका भवनहरू समेत टुथपिकजस्तै ढलेर बगेका थिए। यो निकै दुःखद घटना हो।'

नेपाल र चीनको तिब्बत सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहँदा अेमरिकी राष्ट्रपति ट्रम्पले घटनाबारे प्रतिक्रिया दिएका हुन्।

'हामीले नेपालसँग सम्पर्क गरेका छौँ र नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छौँ। तपाईंलाई थाहा छ, नेपालको अमेरिकासँग निकै राम्रो सम्बन्ध छ' उनले भनेका छन्। 

'हामी सहयोग पठाउँदैछौँ। हामीले नेपालको नेतृत्वसँग पनि कुरा गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने जानकारी दिएका छौँ। त्यहाँ सायद ६० जना अमेरिकी नागरिक थिए। हामीले अहिलेसम्म उनीहरूको पूर्ण सूची प्राप्त गरिसकेका छैनौँ, तर आशा छ, उनीहरू सबै सुरक्षित छन्' उनले अघि भने, 'त्यो दृश्य निकै भयावह देखिन्थ्यो, दुर्भाग्यवश यस्तो घटनामा ज्यान जान सक्ने सम्भावना हुन्छ नै।'

संसारले कहिल्यै नदेखेको विपत नेपालले भोगेको भन्दै यो विपतिमा सबैखाले सहयोग गर्न अमेरिका तयार रहेको ट्रम्पले बताएका छन्।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend