बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी नदीमा फेरि बढ्यो बाढी, सचेत र सुरक्षित रहन आग्रह

शुक्रबार, भदौ १२ २०८३
भोटेकोशी नदीमा फेरि बढ्यो बाढी, सचेत र सुरक्षित रहन आग्रह

भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिएका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

काठमाडौं- बुधबार भीषण बाढी आएको भोटेकोशीमा पुन: पानीको सतह बढिरहेको भन्दै सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।

ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेको ष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सर्तकता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान प्राधिकरणको अनुरोध छ।

बाढी बढिरहेकोले अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन भनिएको छ।

रसुवा बाढीपश्चात हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेतापनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

चीन सरकारबाट प्राप्त सूचना तथा भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको छ। नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन सूचित गरिएको छ।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend