काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
रसुवाको भोटेकोशीमा यही १० गते आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक र महत्त्वपूर्ण निर्णयहरू गर्न प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन्।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अगाडि बढाउने विषयमा छलफल हुनेछ।