बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीले पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

शुक्रबार, भदौ १२ २०८३
बाढीले पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

पृथ्वीराजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्।

काठमाडौं- भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-गल्छीखण्ड, मुग्लिन-नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्।

पृथ्वीराजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्। यस्तै, सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुंगा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए।

यसैगरी मलेखु-गलौदी खण्डमा सातसय मिटर लेदो हटाउने काम भइरहेको छ। विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० ज्याङखोलामा लेदो हटाउने कार्य भइरहेको जनाएको छ। त्यसैगरी, सोही ठाउँको बेनिघाट रोराङ गाउँपालिका-२ बिहानी पम्पतर्फ लेदो हटाउने काम भइरहेको छ।

त्यस्तै, गरी सोही पालिका-५ स्थित गलौदीमा एक्साभेटरलगायत उपकरण जान नसकेर सडक अवरुद्ध भइरहेको छ। धादिङको गजुरी गाउँपालिका-६ जहरेखेत र बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध भइरहेको छ। गल्छी गाउँपालिका-६ बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend