बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीमा मधेश प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

शुक्रबार, भदौ १२ २०८३
भोटेकोशी बाढीमा मधेश प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेशका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।

जनकपुरधाम- प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेको छ। 

प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरुले सम्पर्कविहीन भएकाहरुको विवरण संकलन थालेका हुन्। 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेशका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।

उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend