बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

खर्चिलो र भड्किलो अभ्यास हुन नदिन आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २५ २०७८
images
images
खर्चिलो र भड्किलो अभ्यास हुन नदिन आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा
images
images

काठमाडौं- आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ।

images
images

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध उपयोग गर्ने अवसर सिर्जना गर्न आह्वान गरे।

images
images

आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन प्राप्त हुने सबै खाले सुझावलाई सकारात्मकरूपमा ग्रहण गर्ने बताए। प्रमुख आयुक्त थपलियाले भने, 'निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउनेतर्फ हाम्रा सबै प्रयास केन्द्रित गर्न आयोग हार्दिक आग्रह गर्दछ।'

images
images

निर्वाचन आचारसंहिताको पूर्ण पालनाविना विश्वसनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारीको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको आयोगले जनाएको छ।

आयोगको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको सङ्कल्प पूरा गर्न सबैको सहयोग रहने कुरामा आयोग विश्वस्त छ।'

निर्वाचन बालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई सशक्त तुल्याउने लोकतन्त्रको मेरुदण्ड पनि हो। निर्वाचन जति खर्चिलो र भड्किलो बन्दै जान्छ त्यति नै आस्था, निष्ठा, विचार र सिद्धान्त पराजित बन्न सक्ने खतरा बढ्न थाल्छ भन्ने आम चासो र चिन्ता व्यापक बन्दै गएको आयोगले जनाएको छ।

 विगतका निर्वाचनसम्बन्धी तथ्य र अनुभवका आधारमा निर्वाचन व्यवस्थापनमा सुधार गर्नुपर्ने विभिन्न क्षेत्रमध्ये आचारसंहिताको पालना र कार्यान्वयन एक महत्वपूर्ण क्षेत्र भएको आयोगले उल्लेख गरेको छ। निर्वाचन आचारसंहितालाई पालना गर्न निर्वाचन तथा मतगणनामा खटिने कर्मचारी, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले निर्वाचनको कार्यमा खटिँदा अनुसूचीबमोजिमको प्रतिबद्धता पत्रमा दस्तखत गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ।

आचारसंहिताको प्रयोग कानूनभन्दा माथि हुने हुँदा राजनीतिक दल र उम्मेदवारलगायत अन्य सबै निर्वाचन सरोकारवालाले आचारसंहिताको पूर्णपालना गर्नेमा आयोग विश्वस्त रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आचारसंहिताको उल्लङ्घन भएमा हुने कारबाहीका विषयमा उपलब्ध स्रोतसाधन र जनशक्तिको उपयुक्त सम्भावित मित्थ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमन र नियन्त्रण गर्न विज्ञ सम्मिलित कार्यदल क्रियाशील रहने सो अवसरमा जानकारी दिइयो। रासस


प्रकाशित : शुक्रबार, चैत २५ २०७८१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend