काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित नागरिकको उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन्।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले विपद्को घडीमा प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारीहरुले १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताए।
उनका अनुसार राजपत्रांकित विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले दशदिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ। त्यस्तै, राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले सातदिन बराबरको तलब कोषमा जम्मा गर्नेछन्।
राजपत्रांकित प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरुले पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरुले दुईदिनको तलबबराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएकोआयोगद्वारा जारी विज्ञप्तिमा जनाएको छ। रासस