काठमाडौं-नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि सरकारले तोकेका राहत कोषमा रकम पठाउँदा मोबाइल बैंकिङ, वेब एप्लिकेसन र डिजिटल वालेटमार्फत हुने कारोबारको सीमा हटाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खातामा रकम पठाउँदा विद्यमान दैनिक तथा प्रतिकारोबार सीमा लागू नहुने जनाएको हो। बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुटाउन र राहत परिचालन सहज बनाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्दा दैनिक तथा प्रतिकारोबार सीमा तोकिएको छ। नयाँ व्यवस्थाअनुसार भने राष्ट्र बैंकले सूचीबद्ध गरेका राहत कोषका खातामा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत रकम पठाउँदा उक्त सीमा लागू हुने छैन।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कारोबार गर्न अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई सोहीअनुसार व्यवस्था मिलाउन निर्देशन दिएको छ।
सीमा नलाग्ने राहत कोषका बैंक खाताहरू
राष्ट्रिय वाणिज्य बैंक
- 1130100003762001
- 1130100000006006
- 1430100000025006
- 1430100001164001
नेपाल बैंक लिमिटेड
- 00211600510039000003
- 00200100510039000001
कृषि विकास बैंक
- 0100201002907014
एभरेष्ट बैंक
- 00100105200270
- 00101102200012
ग्लोबल आईएमई बैंक
- 00401010000057
- 00411010000005
नबिल बैंक
- 1710017505285
स्ट्यान्डर्ड चार्टर्ड बैंक
- 01013243801
- 02013243801
हिमालयन बैंक
- 12005631210039
लक्ष्मी सनराइज बैंक
••1628885410110925