बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनको २४ घण्टे हटलाइन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ११ २०८३
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनको २४ घण्टे हटलाइन

बाढीपछि पशुपंक्षीमा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै रोगको निगरानी र रोकथामका लागि पशु सेवा विभागलगायत सरकारी निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ।

काठमाडौं- रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले २४ घण्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकले हटलाइन नम्बर ११५९ मा सम्पर्क गरी पशुपंक्षीको स्वास्थ्य अवस्था, उपचार र उद्धारसम्बन्धी प्राविधिक परामर्श लिन सक्नेछन्।

हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार र उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार टोली परिचालन गरिने एसोसिएसनले जनाएको छ।

एसोसिएसनले बिहीबार बिहान डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढी प्रभावित क्षेत्रमा खटाएको जनाएको छ।

बाढीपछि पशुपंक्षीमा संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै रोगको निगरानी र रोकथामका लागि पशु सेवा विभागलगायत सरकारी निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ।

सम्पर्कका लागि-

  • निःशुल्क हटलाइन: ११५९
  • डा. शंकर न्यौपाने, महासचिव: ९८४५४४०४०४
  • डा. विशाल पोखरेल, सचिव: ९८४३३९७५८७
  • डा. दिनेश अर्याल, केन्द्रीय सदस्य: ९८४००१७०७६


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend