बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ११ २०८३
नेप्से परिसूचक सामान्य घट्यो, ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.०४ अंकले ओरालो लागेको हो। सोही क्रममा सेन्सेटिभ इण्डेक्स १.१२, फ्लोट इण्डेक्स ०.०९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० प्रतिशतले घटेका छन्।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार  नेप्सेपरिसूचक सामान्य अंकले घटेर २५५७.३१ विन्दुमा झरेको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.०४ अंकले ओरालो लागेको हो। सोही क्रममा सेन्सेटिभ इण्डेक्स १.१२, फ्लोट इण्डेक्स ०.०९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० प्रतिशतले घटेका छन्।

परिसूचकमा आएको गिरावट सँगै बजारमा कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्ब ७७ करोड ३८ लाख ५७ रुपैयाँको सेयर खरिदबिक्री भएकोमा बुधबार ३४८ वटा स्टकको ६१ हजार ४४२ पटकको कारोबारमार्फत १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

घट्दो बजारमा पनि सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य १८१ रुपैयाँ ९० पैसाले बढेर अन्तिम कारोबार मूल्य १ हजार ३९४ रुपैयाँ ८० पैसा पुगेको छ।कारोबार रकमका आधारमा शिभम् सिमेन्टको २१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।

आज कारोबारमा आएका १३ उपसमूहको परिसूचकमध्ये ८ उपसमूहको परिसूचक बढेको छ। ५ उपसमूहको परिसूचक राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले बढेको छ। साथै म्चुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.१२ र निर्जीवन बीमा उपसमूहको परिसूचक करिब २.०४ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend