बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

बिहीबार , भदौ ११ २०८३
रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावितका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ। बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बैंकले उक्त सहयोग दिने निर्णय गरेको हो।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख रूपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख रूपैयाँ गरी कुल २५ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको हो। उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले प्राकृतिक विपद्को यस समयमा सबै पक्षको समन्वय, सहकार्य र मानवीय सहयोगबाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा टेवा पुग्ने भन्दै सम्पूर्णमा सहयोगको लागि जुट्नसमेत आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend