बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सम्पर्कमा छैनन् आफन्त, खबर पाउन आतुर छन् परिवारजन

बिहीबार , भदौ ११ २०८३
सम्पर्कमा छैनन् आफन्त, खबर पाउन आतुर छन् परिवारजन

रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन्।

महोत्तरी- भोटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन्। रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन्।

बेपत्ताको यकिन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 'अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकिन गर्न निरन्तर प्रयत्न भइरहेको छ', प्रजिअ यादवले भने, 'यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन।'

सम्पर्कविहीन भएकामा बर्दिवास-३ का सौभाग्य विष्ट, बर्दिवास-९ की जया रानामगर, पिपरा-३ का विकास यादव, औरही-३ का सचिनकुमार यादव, गौशाला-९ का विजय थापामगर, लोहारपट्टी-७ का युवराज पाण्डे र गौशाला-८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली छन्। उनीहरु रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका बुझिएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend