बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी :  हालसम्म १७७ जनाको शव फेला

बिहीबार , भदौ ११ २०८३
भोटेकोशी बाढी :  हालसम्म १७७ जनाको शव फेला

नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ। साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ। गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ। त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ।

नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend