बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

लगातार तेस्रो वर्ष रसुवामा बाढीको विपत्

बुधबार, भदौ १० २०८३
लगातार तेस्रो वर्ष रसुवामा बाढीको विपत्

केरुङ नाकाको भविष्यप्रति पनि प्रश्न उठेको छ। अब पुन: चीनसँगको व्यापारका लागि तातोपानी वा कोरला नाकामा भर पर्नुपर्ने भएको छ।

काठमाडौं- पछिल्ला तीन वर्षदेखि रसुवामा निरन्तर बाढी आएको छ। नेपाली इतिहासकै विनाशकारी मानिएको आजको बाढीसँगै लगातार तेस्रो वर्ष निरन्तर भएको हो।

रसुवामा पछिल्लो १० वर्षमा चारवटा बाढी आएका छन् त्यसमध्ये तीनवटा पछिल्ला तीन वर्षमा आएका छन्।

सन् २०१६ आएको बाढीले माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो। त्यस्तै सन् २०२४ मा भोटेकोशीमा आएको बाढीका कारण ९ जनाको ज्यान गएको थियो। भौतिक संरचनामा पनि क्षति भएको थियो।

त्यस्तै २०२५ मा पनि ल्हेन्दे खोलामा बाढी आएको थियो। जसमा १२ जनाको ज्यान गएको थियो भने केही बेपत्ता भएका थिए। भौतिक क्षति पनि ठूलो भएको थियो।

त्यस्तै आज बुधबार आएको विनाशकारी बाढीका कारण भौतिक क्षति रसुवादेखि नुवाकोट हुँदै धादिङसम्म पुगेको छ भने मानवीय क्षतिको आँकलन नै भएको छैन।

रसुवाको यो करिडोरमा बाढी निरन्तर हुनुको प्रमुख कारण तीब्बतमा हिमताल र हिम चट्टान फुट्नेसँग सम्बन्धित रहेको छ।

तातोपानी नाकामा चीनले कडाइ गरेपछि मूल नाका केरुङ बनेसँगै उक्त करिडोरमा मानव वस्ती झन् सघन बन्दै आएको थियो।

नेपालकै सघन हाइड्रो करिडोरको पहिचान बनाएको क्षेत्र आजको बाढीले तहसनहस बनाइदिएको छ।

योसँगै केरुङ नाकाको भविष्यप्रति पनि प्रश्न उठेको छ। अब पुन: चीनसँगको व्यापारका लागि तातोपानी वा कोरला नाकामा भर पर्नुपर्ने भएको छ। यद्यपि तातोपानीलाई खुकुलो बनाउन चीन उदार देखिएको छैन।


प्रकाशित : बुधबार, भदौ १० २०८३१९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend