बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

बुधबार, भदौ १० २०८३
बाढी प्रभावित क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।

काठमाडौं- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ११४ जनाको हवाई उद्धार गरिएको छ। बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले समस्यामा परेकाहरुको नेपाली सेना र निजी क्षेत्रले हवाईमार्फत उद्धार गरेको हो।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।

नेपाली सेनाले रसुवाको टिमुरे-धुन्चेमा ६० जना, टिमुरे-त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली-काठमाडौंमा ३ जनाको उद्धार गरेको छ।

त्यसैगरी, निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा-टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्। 

साथै, प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा-टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा-टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा-टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा-वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।


प्रकाशित : बुधबार, भदौ १० २०८३१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend