बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीमा परी २६ प्रहरी सम्पर्कविहीन

बुधबार, भदौ १० २०८३
बाढीमा परी २६ प्रहरी सम्पर्कविहीन

बाढीले भोटेकोशीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्।

बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ।

बाढीले भोटेकोशीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ। रासस


प्रकाशित : बुधबार, भदौ १० २०८३१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend