बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासका घर बाढीले क्षतिग्रस्त

बुधबार, भदौ १० २०८३
उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासका घर बाढीले क्षतिग्रस्त

गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्।

काठमाडौं- रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरु प्रभावित भएका छन्।

गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्। सो क्षेत्रमा पूर्वसूचना प्राप्त भएपनि सूचनाको १५ मिनेटमै बाढीले प्रहार गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उनले बताए।

अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन रहेको जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ १० २०८३१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend