बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : ३ जनाको शव भेटियो, ५ जनाको उद्धार

बुधबार, भदौ १० २०८३
भोटेकोशी बाढी : ३ जनाको शव भेटियो, ५ जनाको उद्धार

शवको पहिचान भने भएको छैन। बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ।

नुवाकोट- भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीनवटा शव भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुईवटा र कोल्पुटारमा एकजनाको शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ।

उनीहरूलाई  विदुर नगरपालिका-४ स्थित चक्रदेव अस्पताल पुर्‍याइएको छ। बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्कविच्छेद भएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ १० २०८३१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend