बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मिट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित

बुधबार, भदौ १० २०८३
सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मिट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित

कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।

काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटल तथा एलजी ब्रान्डसपको वार्षिक ‘रिटेल एनुअल मिट २०८२/८३’ गरेको छ।

सीजी इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट एससी साबुको विशेष उपस्थितिमा भदौ ५ मा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बेस्ट भिजुअल मर्चेन्डाइजिङ शोरुम अवार्डअन्तर्गत एलजी शोपी, चाबहिल र सीजी डिजिटल, वीरगञ्ज सम्मानित भएका छन्। त्यस्तै, बेस्ट प्रफिटेबल शोरुम अवार्डअन्तर्गत एलजी शोपी, चाबहिल र सीजी डिजिटल, विशालनगर सम्मानित भएका छन्।

हाल सीजी इलेक्ट्रोनिक्स अन्तर्गत देशभर २२ वटा सीजी डिजिटल शोरुम र ६ वटा एलजी ब्रान्डसप गरी कुल २८ वटा रिटेल आउटलेट सञ्चालनमा रहेका छन्। यी शोरुममार्फत दुईसय भन्दा बढी कर्मचारीहरूले ग्राहकलाई बिक्री, उत्पादनसम्बन्धी परामर्श तथा सेवा प्रदान गर्दै आएका छन्।

सीजी डिजिटल तथा एलजी ब्रान्डसपमा एलजी, सीजी, टीसीएल, गोदरेज, सीजी मेरिडिया, बेको, सेन्सेई, मिडिया, क्रम्पटन, बर्ली, ब्ल्याक डेकर, केन्ट, एलिका, गुडस्म्यान, नथिङ र मोटोरोला लगायतका विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डका उत्पादनहरू उपलब्ध छन्।

टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, किचन तथा साना घरेलु उपकरणदेखि स्मार्टफोनसम्मका उत्पादनमार्फत कम्पनीले ग्राहकलाई एउटै रिटेल नेटवर्कबाट विस्तृत इलेक्ट्रोनिक्स विकल्प उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : बुधबार, भदौ १० २०८३१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend