बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको नि:शुल्क सेवा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १० २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको नि:शुल्क सेवा

बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सात वटा दूरसञ्चार टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस र इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म असीमित भ्वाइस सेवा, दैनिक दुई जिबी डाटा र ५० वटा एसएमएस निःशुल्क पाउनेछन्।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल निःशुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले यो व्यवस्था गरेको हो।

टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत निरन्तर सूचना पनि पठाइरहेको जनाएको छ।

बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी सात वटा दूरसञ्चार टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ। 


प्रकाशित : बुधबार, भदौ १० २०८३१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend